पाकिस्तानमा यात्रुवस दुर्घटना हुँदा २४ को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

पाकिस्तानमा यात्रुवस दुर्घटना हुँदा २४ को मृत्यु

एजेन्सी, १४ भदौ । पाकिस्तानमा यात्रुबहाक बस नदीमा खस्दा २४ जनाको मृत्यु भएको छ । पाकिस्तानको खैबर पाख्तुन्ख्वा प्रान्तमा पर्ने कोहिस्तान जिल्लामा भएको दुर्घटनामा परी उनीहरुको मृत्यु भएको पाकिस्तानी अधिकारीहरुले जनाएका छन् ।

एक जना वरिष्ठ प्रहरी अधिकारीका अनुसार नदीमा खसेको बसमा रहेका सवै जनाको मृत्यु भएको हो । मृत्यु भएका मध्ये १५ जना पुरुष, पाँच जना महिला र चार जना बालबालिका रहेका छन् ।

उनीहरु पारिवारिक कार्यक्रममा सहभागी हुन जाँदै गरेको बेला बस दुर्घटना भएको प्रहरीले जनाएको छ । जिल्ला सदरमुकामदेखि निकै दुर्गम क्षेत्रमा बस दुर्घटना भएको छ ।

घटनास्थल दुर्गम क्षेत्र भएको र प्रहरीले ढिला थाहा पाएकाले उद्धार कार्यमा पनि ढिलाई भएकोले कसैलाई बचाउन नसकिएको प्रहरीको भनाई छ । जिल्ला सदारमुकाम डास्सुदेखि डारा बाङाेतर्फ जाँदै गरेको बेला दुर्घटना भएको जनाइएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);