महाराष्ट्रमा रहेको रासायनिक कारखानामा विष्फोट हुँदा २० को मृत्यु, ५० बढी घाइते | ईमाउण्टेन समाचार

Our Network

जेठ १४ २०८१, सोमबार

महाराष्ट्रमा रहेको रासायनिक कारखानामा विष्फोट हुँदा २० को मृत्यु, ५० बढी घाइते

एजेन्सी, १४ भदौ । भारतको महाराष्ट्र राज्यको धूले जिल्लामा रहेको एक रासायनिक कारखानामा विष्फोट हुँदा २० जनाको मृत्यु भएको छ । विष्फोटमा परी अन्य ५० भन्दा धेरै घाइते भएका छन् ।

धूले जिल्लाको शिरपुर क्षेत्रमा रहेको रासायनिक कारखानामा विष्फोट भएको हो । कारखानामा एक्कासी आगो लागेपछि शक्तिशाली विष्फोट भएको थियो ।

विष्फोटको आवाज केही किलोमिटर टाढाका गाउँसम्म सुनिएको स्थानीयले बताएका छन् । विष्फोट भएका बेला कारखाना आसपास कम्पन महशुस गरिएको भातीय सञ्चारमाध्यमले जनाएका छन् ।

विष्फोटको कारण स्पष्ट हुन सकेको छैन । अधिकारीले कारखानाभित्र अझै केही मानिसहरु फसेको हुनसक्ने बताएका छन् । भारतीय गृहमन्त्री अमित शाहले विष्फोटनप्रति दुःख व्यक्त गरेका छन् ।

यस विषयमा गृहमन्त्री शाहले महाराष्ट्र राज्यका मुख्यमन्त्री देवेन्द्र फडणविजसँग कुराकानी गरेको र मृतकका परिवारलाई ५ लाख राहतको घोषणा गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);