बंगलादेशको डिपोमा विस्फोटः मृत्यु हुने २५ पुगे | ईमाउण्टेन समाचार

Our Network

चैत २५ २०८०, आइतबार

बंगलादेशको डिपोमा विस्फोटः मृत्यु हुने २५ पुगे

ढाका।  बंगलादेशको चटगाउँ सहरनजिकै रहेको एउटा डिपोमा भएको भीषण विस्फोटमा परी मृत्यु हुनेको संख्या २५ पुगेको छ । विस्फोटमा सयौं घाइते भएका छन् । सिताकुण्ड सहरमा रहेको कन्टेनर भण्डारण केन्द्रमा आगो निभाउने क्रममा विष्फोट भएको थियो ।  डिपोमा रहेका केही कन्टेनरमा रसायनिक पदार्थ राखिएको स्थानीय सञ्चारमाध्यमले अनुमान गरेका छन् । विस्फोटका कारण वरपरका भवन हल्लिएका प्रत्यक्षदर्शीले बताए थिए । घाइतेमध्ये धेरेको अवस्था गम्भीर रहेको जनाइएको छ । घाइतेहरूको शरिर ६० देखि ९० प्रतिशत जलेको प्राप्त विवरणहरूमा जनाइएको छ ।

यो सहर देशको दोस्रो ठूलो सहर चटगाउँबाट ४० किलोमिटर टाढा छ । सहरको एउटा अस्पताल घाइतेहरूले भरिएको छ । घाइतेहरूमा अग्नि नियन्त्रक र प्रहरीसमेत छन् । आगलागीअघि डिपोमा करिब ६०० जनाले काम गर्दथे ।
विस्फोटबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);