रसायनिक भन्डारमा भएको विस्फोटमा डिपो सञ्चालक दोषी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

रसायनिक भन्डारमा भएको विस्फोटमा डिपो सञ्चालक दोषी

ढाका। बंगलादेशका अधिकारीहरूले रसायनिक भन्डारमा भएको विस्फोटमा डिपो सञ्चालक दोषी रहेको बताएका छन् । सञ्चालकले रसायनिक पदार्थबारे अग्नि नियन्त्रकलाई जानकारी नगराएको आरोप लगाएका हुन् ।

सीताकुण्डको बीएम कन्टेनर डिपोमा आगलागीको केही समयपछि ठूला विस्फोट भएका थिए । विस्फोटका कारण अग्नि नियन्त्रक सेवाका ९ जनासहित ४९ जनाको मृत्यु भएको थियो । आगो लागेपछि डिपोभित्रका रसायनिक पदार्थ विस्फोट भएको थियो । विस्फोटको ३६ घन्टापछि धुँवाको मुस्लो फैलिएको थियो । आगलागीमा तीन सय घाइते भएका छन् । घाइतेमध्ये एक दर्जनको अवस्था गम्भीर छ । ‘त्यहाँ घातक केमिकल रहेको डिपो प्राधिकरणले हामीलाई जानकारी दिएन । हाम्रा नौ अधिकारीहरू मारिएका छन् । दुई जना अझै हराइरहेका छन् । धेरै व्यक्तिहरू पनि हराइरहेका छन्’, दमकल विभागका अधिकारी मोहम्मद कमरुज्जमानले भने ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);