प्रहरीसँग मिलेर भारतबाट रसायनिक मल तस्करी गरेको भन्दै बीओपी स्थानीयले घेर्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८०, शनिबार

प्रहरीसँग मिलेर भारतबाट रसायनिक मल तस्करी गरेको भन्दै बीओपी स्थानीयले घेर्दै

पर्सा, ३२ साउन । स्थानीय पत्रकारले सशस्त्र प्रहरीसँग मिलेर भारतबाट रसायनिक मल तस्करी गरेको भन्दै पर्साको पकाहामैनपुर गाँउपालिकाका बीओपी आइतबार स्थानीयले घेराउ गरेका छन् । पर्साका पकाहामैनपुर गाउँपालिकाको धोरे नाकामा रहेको बीओपीमा स्थानीयले घेराउ गरेका हुन् ।

आफुलाई पत्रकार बताउने स्थानीय चन्द्रिका पटेलले सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीको सेटिङमा मल भित्र्याएको स्थानीयको आरोप छ ।स्थानीयले बीओपी घेराउ गरेपछि स्थिति तनावग्रस्त भएको थियो । स्थानीयले बीओपी घेराउ गरेपछि सम्बन्धित व्यक्ति चन्द्रीका पटेल नियन्त्रणमा लिएर् अनुसन्धान भइरहेको बेस क्याम्पका सशस्त्र प्रहरी निरीक्षक विष्णु उप्रेतीले बताउनु भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);