झापाको बाह्रदशीमा सशस्त्रको बीओपी स्थापना | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८१, सोमबार

झापाको बाह्रदशीमा सशस्त्रको बीओपी स्थापना

bop post

झापा, ३ फागुन । वर्षाैदेखि भारतीय डाँकाको अपराधिक गिरोहबाट झापाको बाह्रदशी १ का स्थानीय आजित थिए । सीमा क्षेत्रमा प्रहरीको उपस्थित नहुदा गाँउमा भारतीय डाँकाले ज्यूधनको लुटपाट गर्दै आएकोमा अब यस क्षेत्रमा बीओपी स्थापना भएको छ । बीओपी स्थापनापछि स्थानीयले सुरक्षाको महशुस गरेका छन् ।

अहिले बाह्रदशी गाउँपालिका–१ का सशस्त्र प्रहरी बलको बेस क्याम्पमा निरीक्षकको कमाण्डमा १ पल्टन सशस्त्र प्रहरी तैनाथ छन् । भारतीय अपराधिक समूहको आक्रमणमा ज्यू धन समेत गुमाएका स्थानीय प्रहरी बेस क्याम्प संचालनमा आएपछि खुशी छन् । भारती अपराधिक गिरोहले स्थानीय भद्रसिंह राजवंशीको हत्या गरेको थियो । डाँकाबाट हत्या भएका भद्रसिंहकी श्रीमती सुशीला राजवंशीले प्रहरी क्याम्पका लागि निःशुल्क ५ कठ्ठा जमिन दान गरेकी छन् । यही स्थानमा बीओपी स्थापना भएको छ ।

बीओपीको स्थापनाअघि यस क्षेत्रमा हातहतियारधारी भारतीय डाँकाहरुले धनसम्पत्तीको लुटपाटसंगै हत्या समेत गर्दै आएका थिए ।तर,अब भारतीय अपाराधीहरुको अपराधबाट जोगाउन गाँउमै सशस्त्र प्रहरी पुगेको छ । गाउँमै सशस्त्र प्रहरीको वेस क्याम्प स्थापना भएपछि स्थानीयले शान्तिसुरक्षाको महशसु गरेका छन् ।

भारतीय डाका समूहको आक्रमणमा परी आफ्ना पतिले अकालमा ज्यान गुमाउनु परेकाले गाउँ समाजको सुरक्षाका लागि आफूहरुले प्रहरी चौकी निर्माणका लागि निःशुल्क जमिन प्रदान गरेको जग्गा दाता सुशीलाको भनाई छ ।

स्थानीय सुशिलाले बेस क्याम्पको लागि जमिन निशुल्क दान गरेपछि प्रहरी गाँउमा पुगेको छ ।बीओपीका लागि १ नम्बर प्रदेश सरकारले अनुदान उपलब्ध गराएको छ । स्थानीयले जग्गा दान र प्रदेश सरकारको आर्थिक अनुदानमा बीओपी भवन निर्माण भएको छ । सशस्त्र प्रहरी बलको बेस क्याम्प स्थापनापछि प्रहरीले सुरक्षा सेवा दिइरहेको छ ।

वर्षौदेखि भारतीय डाँकाहरुको अपराधिक गतिविधिबाट स्थानीय आजित थिए । सीमा क्षेत्रमा डाँकाहरुले स्थानीयको ज्युधनको लुटपाट गर्दै आएकोमा अब प्रहरी गाँउमा पुगेपछि स्थानीयले सुरक्षाको महशुस गर्न पाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);