भत्ता नपाएको भन्दै ज्येष्ठ नागरिकले गरे नगरपालिका घेराउ | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

भत्ता नपाएको भन्दै ज्येष्ठ नागरिकले गरे नगरपालिका घेराउ

सप्तरी । ज्येष्ठ नागरिकले कंचनरुप नगरपालिकाको कार्यालयलाईलाई घेराउ गरेका छन् । बृद्धाभत्ता नपाएको भन्दै कंचनरूप नगरपालिकाका ज्येष्ठ नागरिकले कंचनरूप नगरपालिका घेराउ गरेका हुन् ।

प्रत्येक ४/४ महिनामा पाउनु पर्ने भत्ता ६ महिना बितिसक्दा पनि नपाएको भन्दै ज्येष्ठ नागरिकले कंचनरुप नगरपालिकाको कार्यालयलाई घेराउ गरेपछि मेयर र उपमेयर भागेको स्थानीयले बताए ।

भत्ता आएपछि जाडोको लुगा किन्ने आसमा बसेका जाडो बित्न लाग्दा पनि किन्न नपाएको दुखेसो घेराउमा सहभागी रहेकी पवित्री सदाले बताइन् । उनले भनिन्, ‘हामीले समयमा भत्ता पाएको भए यस्तो शितलहरमा कठ्याग्रिएर बस्नुपर्ने बाध्यता हुँदैनथ्यो ।’

कतिले मेयर वसन्त मिश्र र उपमेय निरु पोख्रेल चाहिँदैन भन्दै ज्येष्ठ नागरिकले नगरपालिका घेराउ गर्दै नाराबाजी गरेका थिए । समयमा भत्ता दिन नसक्ने मेयर उपमेयरको राजीनामा समेत माग गरेको स्थानीयले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);