इन्डोनेसियामा यात्रुबाहक बस दुर्घटना हुँदा २६ को मृत्यु, १३ जना घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

इन्डोनेसियामा यात्रुबाहक बस दुर्घटना हुँदा २६ को मृत्यु, १३ जना घाइते

एजेन्सी, ८ पुस । इन्डोनेसियामा यात्रुबाहक बस दुर्घटना हुँदा २६ जनाको मृत्यु भएको छ । गुडिरहेको यात्रुबाहक बस बाटोबाट ५ सय फिट तल नदीमा खसेर दुर्घटना हुँदा २६ जनाको मृत्यु हुनुका साथै १३ जना घाइते भएको अन्तराष्ट्रि«य समाचार संस्थाहरुले जनाएका छन् ।

इन्डोनेसियाको दक्षिण भागमा पर्ने सुमात्रा प्रान्तमा भएको यो दुर्घटनामा परी मृत्यु हुनेहरुको संख्या २६ पुगेको प्रहरीले पुष्टि गरेको छ ।

उद्धारकर्ताहरुले घटनास्थलबाट घाइते तथा मृतकहरुलाई पानीबाट निकाल्ने प्रयास गरिरहेका छन् । दुर्घटना भएको बसमा झण्डै ५० यात्रु रहे थिए । दुर्घटना भएको ठाउँ देशको दुर्गम क्षेत्र मानिन्छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);