नुवाकोटको थानाभञ्ज्याङमा यात्रुबाहक बस दुर्घटना, ४ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

काठमाडौं, २४ भदौ । नुवाकोटको थानाभञ्ज्याङमा यात्रुबाहक बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने २५ जना भन्दा बढि घाइते भएका छन्।

 

बिहान साढे ११ बजे काठमाडौंको नयाँ बसपार्कबाट  टोखा हुँदै नुवाकोटको खरानीटार जाँदै गरेको बा १ ख ६३४८ नम्बरको बस शिवपुरी गाउँपालिका वडा नम्बर ७ मा पर्ने थानाभञ्ज्याङमा दुर्घटना भएको हो।

दुर्घटनामा परी एक महिलासहित चार जनाको घटनास्थलमै मृत्यु भएको र बस सडकबाट करिब चारसय मिटर तल खसेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक बीरेन्द्रकुमार बस्यालले इमाउन्टेनटिभी डट कमलाई बताए।

दुर्घटनामा पर्नेको स्थानीयवासी र प्रहरीले उद्धार गरिरहेका छन्। घटनास्थलको प्रकृति हेर्दा मृतक र घाइतेको संख्या वढ्न सक्ने प्रहरीको भनाई छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);