चिलीमा फैलिएको डढेलोको कारण १२० घर जलेर नष्ट | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

चिलीमा फैलिएको डढेलोको कारण १२० घर जलेर नष्ट

chile fire

एजेन्सी, ९ पुस । चिलीको भाल्पाराइसो सहरमा तीव्र गतिका साथ फैलिरहेको आगोबाट १२० घरहरु जलेर क्षतिग्रस्त भएका छन् । भाल्पाराइसो शहरको जंगली क्षेत्रमा लागेको डढेलो तीव्र गतिमा फैलिएर बस्तीमा आइपुग्दा घरहरु जलेका हुन् ।

आगलागी तीव्र गतिमा बढेपछि भाल्पाराइसो शहरबाट मानिसहरुलाई सुरक्षित स्थानमा पठाइएको छ । शहरका सबै अग्नि नियन्त्रकहरुलाई डढेलो नियन्त्रणका लागि खटाइएको छ । सावधानी स्वरुप सो क्षेत्रमा ९० हजार घरमा विद्युत आपूर्ति बन्द गरिएको स्थानीय अधिकारीले बताएका छन् ।

भालपाराइसोका मेयर जोर्ग सार्पले सो आगो सुनियोजित रुपमा लगाइएको हुन सक्ने जनाएका छन् । भाल्पाराइसो मध्य चिलीमा पर्दछ । यो क्षेत्र दक्षिण अमेरिकाको पर्यटक गन्तव्यको रुपमा समेत चिनिने गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);