इस्लामी लडाकूको आक्रमणबाट ३५ आमनागरिकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

इस्लामी लडाकूको आक्रमणबाट ३५ आमनागरिकको मृत्यु

burkina faso attack

एजेन्सी, ९ पुस । अफ्रिकी मुलुक बुरकिना फासोमा शंकास्पद इस्लामी लडाकूको आक्रमणबाट ३५ जना आम नागरिकको ज्यान गएको छ । बुरकिना फासोको उत्तरी सोउम प्रान्त स्थित अरबिन्दामा शंकास्पद इस्लामी लडाकूको आक्रमणबाट ३१ जना महिला सहित ३५ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

आक्रमण लगत्तै बुरकिना फासोको सेनाले गरेको प्रतिकारमा ७ सैनिक र ८० जनाा लडाकू मारिएको जनाइएको छ । बुरकिना फासोका राष्ट्रपति रोच मार्क क्रिश्चियन काबोरले आक्रमणमा मारिएका प्रति समवेदना प्रकट गर्दै मुलुकमा २ दिने राष्ट्रिय शोकको घोषणा गरेका छन् ।

बुरकिना फासोमा १ महिनाअघि पनि भएको यस्तै आक्रमणमा १४ जनाको ज्यान गएको थियो । बुरकिना फासोमा सन २ हजार १५ देखि इस्लामी लडाकूको आक्रमण हुन थालेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);