अफगानिस्तानमा शान्ति समूहका २७ जना अपहरणमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

अफगानिस्तानमा शान्ति समूहका २७ जना अपहरणमा

apaharan

एजेन्सी, १० पुस ।  अफगानिस्तानका स्थानीय अधिकारी र अधिकारकर्मीहरूले एउटा शान्ति समूहका २७ जना सदस्य सम्पर्क विहीन भएका छन् । पिपल्स पिस मुभमेन्ट पीपीएमको र्‍याली पश्चिमी अफगानिस्तान पुगेका बेला उनीहरु सम्पर्क विहीन भएका हुन् ।

पीपीएमले युद्धविरामको माग गर्दै दुई साताअघि हेरात प्रान्तबाट आफ्नो र्‍याली सुरु गरेको थियो । तर फराह प्रान्तमा प्रवेश गरेपछि उनीहरु सम्पर्क विहीन भएको बताइएको छ । फराह प्रान्तका उपप्रमुख मसुद बख्तवारले ६ वटा कारमा यात्रा गरिरिहेका ती अभियानकर्ताहरूलाई मुख्य सडकमा तालिवानले रोकेर अज्ञात स्थानतर्फ लगेको बताएका छन् ।

एउटा कार बम हमलामा १७ जना सर्वसाधारण मारिनुका साथै ५० जना घाइते भएपछि सन् २०१८ को प्रारम्भदेखि हेलमन्ड प्रान्तबाट हिंसात्मक आक्रमणहरू विरुद्धको उक्त शान्ति र्‍याली सुरु भएको हो । त्यसयता उक्त समूहले देशका अन्य भागहरूको यात्रा गरेको छ । जसमा धेरैजसो तालिवान नियन्त्रित क्षेत्रहरू पनि परेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);