इक्वेडरको कारागारमा झडप हुँदा ५८ जना कैदीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

इक्वेडरको कारागारमा झडप हुँदा ५८ जना कैदीको मृत्यु

jail kaidi

एजेन्सी । इक्वेडरमा एउटा कारगारमा भएको झडपमा कम्तिमा ५८ जनाको मृत्यु भएको छ । दक्षिणी इक्वेडरको पेनिटेनसियारिअ डेल लिटरोल कारागारमा शनिवार राती भएको झडपमा अन्य दर्जनौं बन्दी घाइते भएका छन् । कारगारभित्र दुई समूहका बन्दीबीच झडप भएको थियो ।

सोही कारागारमा यही सेप्टेम्बरमा भएको झडपमा ११९ कैदी मारिएका थिए । सो हिंसालाई इक्वेडरको इतिहासमै सबैभन्दा खराब बताइएइको थियो । कारागारभित्र झडप बढ्नुको मुख्यक कारण लागुऔषधि तस्कर समूहबीचको विवाद भएको सरकारले बताउँदै आएको छ । तस्कर समूहका एक नायिकेको रिहाइलाई लिएर पछिल्लो हिंसा भड्किएको गुआएज प्रान्तका  गभर्नर पाब्लो एरोजमेनाले एउटा पत्रकार सम्मेलनमा जानाकारी दिए । 

कारागारको एउटा ब्लकको नायिकेको रिहा भएको थाहा पाएपछि अर्को समूहले आक्रमण सुरु गरेको थियो ।  झडप नियन्त्रण गर्न प्रहरीले गोलीसमेत चलाएको थियो । जेलभित्र  ठूला बिस्फोटका आवाजसमेत सुनिएको हिंसापछि सार्वजनिक भएको एउटा भिडियोमा देख्न सकिन्छ । झडपपछि कारागारमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । 
 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);