इक्वेडरको जेलभित्र दुई समूहबीच झडप, १८ कैदीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

इक्वेडरको जेलभित्र दुई समूहबीच झडप, १८ कैदीको मृत्यु

एजेन्सी । इक्वेडरको जेलमा रहेका दुई समूहबीच झडप हुँदा १८ जना कैदीको मृत्यु भएको छ । घटनामा ३५ जना घाइते भएका छन् ।

मध्य इक्वेडरको गुआयाकील र लाटाकुंगा जेलमा उक्त झडप भएको थियो । झडपमा ९ जना प्रहरी समेत घाइते भएको जेलका अधिकारीले बताएका छन् ।

झडपका बेला लाटाकुंगा जेलबाट भागेकामध्ये ४५ जनालाई पक्राउ गरिसकिएको छ । यसअघि यसै वर्षका फेब्रुअरीमा इक्वेडरको एक जेल भित्र भएको झडपमा ८० जनाको मृत्यु भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);