लेटिन अमेरिकी मुलुक इक्वेडरका कारागारमा भएको झडपमा ६२ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

माघ २० २०७९, शुक्रबार

लेटिन अमेरिकी मुलुक इक्वेडरका कारागारमा भएको झडपमा ६२ जनाको मृत्यु

एजेन्सी, १२ फागुन । लटिन अमेरिकी मुलुक इक्वेडरका तीन छुट्टाछुट्टै कारागारमा भएको झडपमा ६२ जना मारिएका छन् । क्वेडरको कुएङ्का, लाटाकुङ्गा र ग्वेकिल शहरका कारागारमा दुई विरोधी समुहबीच चक्कु र गोली प्रहाृनीहरुको मृत्यु भएको हो ।

कारागारमा भित्र आफ्नो नियन्त्रण जमाउन प्रयासरत दुई समुहबिच झडप हुँदा उक्त घटना भएको इक्वेडरको कारागार एजेन्सी प्रमुख एड्मुन्डो मोन्कायोले बताएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

हिंसा चिर्किएपछि थप ८ सय प्रहरीको मद्दतमा प्रशासनले कारागारलाई आफ्नो नियन्त्रणमा लिएको छ । एउटा कारागारमा सुरक्षाकर्मीलाई कैदीहरुले बन्धक बनाएपछि झडप सुरु भएको थियो ।

Leave a Reply