मस्कले गुमाए विश्व कै धनी व्यक्तिको उपाधि | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

मस्कले गुमाए विश्व कै धनी व्यक्तिको उपाधि

एजेन्सी, १२ फागुन । विद्युतीय कार निर्माता टेस्लाका मालिक इलोन मस्कले एक महिना मै विश्वकै सर्वाधिक धनी व्यक्तिको उपाधिबाट झरेका छन् ।

जनवरीमा विश्व कै धनी व्यक्ति बनेका मस्कको मुख्य आम्दानीको स्रोत विद्युतीय कार निर्माता कम्पनीको शेयरमा गिरावट आएपछि उनी धनी व्यक्तिको शीर्ष स्थानबाट एक स्थान तल झरेका हुन् ।

जनवरीको सुरुवातको तुलनामा टेस्लाको शेयरमा २० प्रतिशतले गिरावट आएपछि अनलाईन सपिङ प्लेटफर्म अमेजनका मालिक जेफ बेजोस पुनः विश्वका सर्वाधिक धनी बनेका छन्। टेस्लाको शेयर बढेका बेला मस्कको कुल सम्पत्ति १ सय ८५ अर्ब डलरभन्दा बढी थियो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);