कारागारबाट ४ सय भन्दा बढी कैदीबन्दी भागे, झडपमा २५ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

कारागारबाट ४ सय भन्दा बढी कैदीबन्दी भागे, झडपमा २५ जनाको मृत्यु

एजेन्सी, १५ फागुन । हाइटीको राजधानी पोर्ट ओ प्रिन्टस्थित एक कारागारबाट ४ सय भन्दा बढी कैदीबन्दी भागेका छन् । क्रोइक्स डेस बुकिट कारागारबाट भाग्नेहरुमा हिंसात्मक झडपमा पक्राउ परेकाहरुमा पनि रहेको अधिकारीहरुले जनाएका छन् ।

कैदीबन्दीहरु भाग्ने क्रममा भएको झडपमा केही सर्वसाधरण,प्रहरी अधिकारीसहित २५ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । भाग्नेहरु मध्ये शक्तिशाली आपराधिक समूहका नेता आर्नेल जोसेफ भने सुरक्षा कारवाहीमा मारिएको बताइएको छ ।

कारागारमा गोलीको आवाज सुनिएपछि कैदीबन्दीहरु भाग्न थालेको बताइएको छ । ८ सय ७२ जनाको क्षमता रहेको कारागारमा १५ सय भन्दा बढी कैदीबन्दी थिए । घटनाको कारणबारे भने खुल्न सकेको छैन ।

गृहयुद्धले थिलोथिलो बनेको गरिब क्यारिवियन मुलुक हाइटीमा यसअघि पनि कैदीबन्दीहरु भागेका घटनाहरु छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);