होण्डुरसको एक कारागारमा कैदीबन्दीबीच झडप हुँदा १६ को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

होण्डुरसको एक कारागारमा कैदीबन्दीबीच झडप हुँदा १६ को मृत्यु

एजेन्सी, ७ पुस । मध्यअमेरिकी मुलुक होण्डुरसको एक कारागारमा कैदीबन्दीबीच झडप हुँदा १६ जनाको मृत्यु भएको छ । झडपको क्रममा केही कैदीबन्दी घाइते भएका जनाइएको छ । होण्डुरसको राजधानी तेगुतिगाल्पाको पूर्वी क्षेत्रमा रहेको एक कारागारमा कैदी बन्दीको दुई समुहबीच भएको झडपका क्रममा चक्कु, छुरा, खुंडा समेत प्रहार भएको बताइएको छ ।

केही दिन अघिमात्रै होन्डुरसको एक जेलमा कैदी बन्दीको दुई समूहबीच भएको झडपमा १८ जनाको ज्यान गएको थियो भने १६ जना घाइते भएका थिए ।

होण्डुरसको अधिकांश कारागारमा क्षमता भन्दा बढी कैदी बन्दी रहेकै कारण बेला बेलामा झडप हुने गरेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

झडप लगत्तै बन्दीगृहमा सुरक्षा व्यवस्था कडा बनाएर अनुसन्धान थालिएको होण्डुसरका सरकारी अधिकारीले बताएका छन् । घाइतेहरुको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने जनाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);