बोगोटाको जेलमा झडप हुँदा २३ जनाको मृत्यु, ८३ कैदी घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

बोगोटाको जेलमा झडप हुँदा २३ जनाको मृत्यु, ८३ कैदी घाइते

kaidi

एजेन्सी, १० चैत । कोलम्बियाको राजधानी बोगोटामा रहेको जेलमा झडप हुँदा २३ जनाको मृत्यु भएको छ । बोगोटाको सबैभन्दा ठूलो मध्येको ला मोडेलो जेलमा कोरोना भाइरसको संक्रमण फैलिने डरका कारण उत्पन्न तनावकाबिच कैदी भाग्ने प्रयास गर्दा झडप भएको हो ।

झडपमा ८३ जना कैदी घाइते भएको कोलम्बियाको न्याय मन्त्रालयले जनाएको छ । कोरोना भाइरसको संक्रमण फैलिएका बेला पनि जेलमा क्षमता भन्दा बढी कैदी रहेको तथा स्वास्थ्य सेवा अति नाजुक रहेको भन्दै कैदी बन्दीले आइतबार देशभरका जेलमा प्रदर्शन गरेका थिए । सोही क्रममा झडप भएको हो । कैदीले कोरोना भाइरसको भएकाबिच आफूहरुलाई उपयुक्त स्वास्थ्य सेवा प्रदान नभएको विरोधमा प्रदर्शन गरेको बताए पनि न्याय मन्त्रालयले भने कैदीहरु यो मौका छोपेर भाग्न चाहेको दाबी गरेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);