चीनमा ९० प्रतिशत कोरोना संक्रमित उपचार गरी फर्किए | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

चीनमा ९० प्रतिशत कोरोना संक्रमित उपचार गरी फर्किए

corona birami china

काठमाडौँ, १० चैत । विश्वभर फैलिएको नोबेल कोरोना भाइरस(कोभिड–१९) को उद्गमस्थल मानिएको चीनमा यसको प्रभाव घटिरहेको छ । चीनमा करिब ९० प्रतिशत कोरोना संक्रमित उपचार गरी घर फर्किसकेका छन् । सिन्ह्वाका अनुसार आइतबारसम्म ७२, ७०३ जना कोरोना संक्रमित उपचारपछि घर फर्किएका छन् ।

आइतबार मात्रै ४५९ जना संक्रमित उपचार गरी अस्पतालबाट डिस्चार्ज भएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगलाई उद्धृत गर्दै सिन्ह्वाले खबर दिएको छ ।

हालसम्म चीनमा ८१,०९३ कोरोना संक्रमित भेटिएको सिन्ह्वाले जनाएको छ।  यस भाइसरको संक्रमणबाट आइतबारसम्म चीनमा ३२७० जनाको मृत्यु भएको चीनको स्वास्थ्य आयोगले पुष्टि गरेको छ। यो संख्या कुल संक्रमितको करिब ४ प्रतिशत हो । ५ हजार हाराहारी संक्रमित अझै उपचाररत छन् ।

राष्ट्रिय स्वास्थ्य आयोगले प्रत्येक दिन कोरोनाको रिपोर्ट सार्वजनिक गर्दै आएको छ ।  यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिक पत्रिकामा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);