६ हजार क्षमताको क्वारेन्टाइन | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

६ हजार क्षमताको क्वारेन्टाइन

yogesh bhattrai

काठमाडौँ, १० चैत । कोरोना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमण फैलिन नदिन सरकारले क्वारेन्टाइन स्थल निर्माण र व्यवस्थापनमा जुटेको छ। आइतबारदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको सरकारले कोरोना भाइरसको जोखिमलाई ध्यानमा राखेर क्वारेन्टाइन व्यवस्थानमा केन्द्रित भएको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री योगेश भट्टराई संयोजक रहेको कोभिड–१९ विरूद्ध क्वारेन्टाइन स्थल निर्माण तथा व्यवस्थापन कार्यदलको शुक्रबार बसेको बैठकले सार्वजनिक क्वारेन्टाइन स्थलसम्बन्धी मापदण्डको मस्यौदा बनाउने जिम्मा चारवटै सुरक्षा निकायलाई दिएको छ।

गृह मन्त्रालयको संयोजकत्वमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभाग रहेको टोलीले प्रतिवेदन पेश गर्ने जनाइएको छ। टोलीको प्रतिवेदन र मस्यौदाअनुसार आवश्यक स्रोतसाधन र बजेट व्यवस्थापन योजनासम्बन्धी कार्य अर्थ मन्त्रालय, गृह मन्त्रालय, सहरी विकास मन्त्रालय र चारवटै सुरक्षा निकायका प्रतिनिधिको टोलीलाई जिम्मा लगाइएको छ। टोलीले आइतबार बस्ने कार्यदलको बैठकमा प्रतिवेदन पेश गर्नेछ। सरकारले उपत्यकामा कम्तिमा ६ हजार व्यक्ति क्षमताको सार्वजनिक क्वारेन्टाइन स्थल निर्माण गर्ने भएको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिक पत्रिकामा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);