सेयर कारोबार आजदेखि साताभर बन्द | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

सेयर कारोबार आजदेखि साताभर बन्द

nepse

काठमाडौँ, १० चैत । कोरोना संक्रमणका कारण अन्योलमा रहेको सेयर बजार सोमबार (आज)देखि यस साताभर बन्द हुने भएको छ । पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले आइतबारसम्मका लागि सेयर कारोबार बन्द गर्ने निर्णय गरेको हो । बोर्डले कोरोना भाइरस संक्रमण नियन्त्रण गर्नका लागि धितोपत्र ऐनअनुसार ५ दिनका लागि सेयर कारोबार बन्द गर्न लागेको हो ।

विश्वभरी फैलिएको कोरोना भाइरसको कारणले मानिस जम्मा हुन तथा सेयरको साफसाफ गर्नसमेत समस्या हुने भएकाले तत्कालका लागि कानुनबमोजिम कारोबार रोका गरिएको धितोपत्र बोर्डका एक अधिकारीले जानकारी दिए । “लगानीकर्ता, मर्चेन्ट बैंकर तथा ब्रोकरले आम जनमानसमा देखिएको त्रासका कारण सेयर कारोबार बन्द गराउनुपर्ने मागअनुसार आगामी ५ कारोबार दिनका लागि सेयर कारोबार बन्द गर्ने निर्णय भएको हो,” ती अधिकारीले भने ।

सेयर कारोबारमा कोरोना संक्रमणको जोखिम हुनसक्ने भन्दै कारोबार बन्द गरिएको उनले बताए । धितोपत्र ऐन २०६३ को दफा ९० मा रहेको बोर्डको विशेष अधिकारअन्तर्गत धितोपत्र बजारसँग परामर्श गरी बढीमा पाँच दिनसम्मका लागि धितोपत्र बजार बन्द गर्न आदेश दिने सक्ने व्यवस्था रहेको छ । सोही दफाको आधारमा धितोपत्र बोर्डले आगामी ५ दिनका लागि कारोबार बन्द गर्ने निर्णय गरेको हो । यो समाचार आजको कारोबार दैनिक पत्रिकामा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);