विश्वकै सबैभन्दा ठूलो क्रिकेट स्टेडियम रहेको मोटेरा स्टेडियमको उद्घाटन | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

विश्वकै सबैभन्दा ठूलो क्रिकेट स्टेडियम रहेको मोटेरा स्टेडियमको उद्घाटन

एजेन्सी, १२ फागुन । भारतको अहमदाबादमा विश्वकै सबैभन्दा ठूलो क्रिकेट स्टेडियम रहेको मोटेरा स्टेडियमको उद्घाटन गरिएको छ। बुधबार भारतका राष्ट्रपति रामनाथ कोविन्दले नयाँ क्रिकेट स्टेडियमको उद्घाटन गर्दै नरेन्द्र मोदी स्टेडियम नाम राखिएको भारतीय सञ्चारमाध्यम जनाएका छन् ।

यसअघि उक्त क्रिकेट स्टेडियमको नाम सरदार पटेल स्टेडियम रहेको थियो । १ लाख ३२ हजार दर्शकको क्षमता भएको उक्त स्टेडियममा संसारकै सबैभन्दा ठूलो क्रिकेट ग्राउण्ड रहेको छ । उद्घाटन समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भने अनुपस्थित थिए ।

मोटेरा स्टेडियमको करीब २ सय ५१ करोड रुपैयाँको लागतमा विश्वकै सबैभन्दा ठूलो स्पोर्ट्स कम्प्लेक्स बन्नेछ । यसको नाम पनि सरदार वल्लभ भाइ पटेल स्पोर्टस् कम्प्लेक्स हुने बताइएको छ ।

समारोहमा उपस्थित गृहमन्त्री अमित शाहले सरदा वल्लभ भाइ पटेल नामको उक्त स्टेडियमा खेलाडी तथा कोचहरुका लागि बस्ने व्यवस्था समेत हुने बताएका छन् । उनका अनुसार सरदार पटेल स्पोर्टस् कम्प्लेक्स २ सय ३० हजार एकड जमीनमा बन्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);