धनगढीको फाप्लास्थित क्रिकेट स्टेडियमको अवस्था दयनीय | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

धनगढीको फाप्लास्थित क्रिकेट स्टेडियमको अवस्था दयनीय

श्रवण देउवा

कैलाली, १७ साउन । नेपालमा भिआइपी सवारीको समयमा सडकहरु हतारहतार गलैँचा विछाए सरह पीच गर्ने चलन पहिलेदेखि चल्दै आएको छ । सवारीका लागि गलैँचा विछाए सरह गरिएको पीच गलैँचा उठाए सरी नै उप्किने पनि गर्दछ ।

अहिले धनगढीको फाप्लामा रहेको अन्तराष्ट्रिय स्तरमा निर्माण गरिएको क्रिकेट स्टेडियमको पनि त्यस्तै हालत भएको छ । गत बर्ष धनगढी प्रिमियर लिगको तेश्रो संस्करण आयोजना गर्न गौचरनबाट क्रिकेट स्टेडियम निर्माण गरेको स्थान फेरि गौचरण मै परिणत भएको छ । सम्बन्धित निकायले संरक्षणमा चासो नदिँदा वरपरका स्थानियलाई गाई, गोरु र भैंसि चराउने चरन क्षेत्र बनेको छ ।

देशकै सर्वाधिक धनराशीको क्रिकेट प्रतियोगिता धनगढी प्रिमियर लिगदेखि अन्य ठुला प्रतियोगिता आयोजना गरीसकेको फाप्ला यसरी बेवारीसे बन्दा क्रिकेट समर्थकहरु निरास छन् । जिल्ला खेलकुद बिकास समिति कैलालीका अध्यक्ष दिपक सिंहले फाप्ला संरक्षणको अभियान जारी रहेको बताउनुभयो ।

फाप्लालाई अन्तराष्ट्रिय स्तरको क्रिकेट स्टेडियम बनाउने योजनालाई जग्गा प्राप्तिले अल्झाइरहेको छ । जसले गर्दा फाप्लाको सरंक्षणमा पनि धक्का पुगेको छ । जग्गा प्राप्तिका लागि प्रदेशको सामाजिक विकास मन्त्रालयले संघिय सरकारलाई फाइल पठाएको छ ।

जसको सुनुवाइ अहिलेसम्म भैसकेको छैन । प्रदेसको सामाजिक विकास मन्त्रालयका प्रवक्ता झंकर बहादुर बिष्टले संघीय सरकारबाट जग्गा प्राप्त हुने बित्तिकै फाप्लालाई अन्तराष्ट्रिय स्तरको बनाउन गुरु योजना तयार पारिने बताउनुभयो ।

सुदुरपश्चिमको गौरबका रुपमा चिनिएको फाप्लाका लागि बर्षेनि सरकारले बजेट छुट्याउने गरेको छ । तर जग्गा प्राप्तिमा अल्झिएको फाप्लाका लागि त्यो बजेट प्रयोगमा आउन सकेको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);