फिफा विश्वकप छनोट : नेपालले अष्ट्रेलियासँगको अवे खेल अक्टोबरमा खेल्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

फिफा विश्वकप छनोट : नेपालले अष्ट्रेलियासँगको अवे खेल अक्टोबरमा खेल्ने

nepal football

काठमाडौं, १७ साउन । कतारमा आयोजना हुने सन् २०२२ को फिफा विश्वकपका लागि एसियाको दोस्रो चरणको छनोट अन्तर्गत नेपालले अष्ट्रेलियासंग खेल्ने भएको छ । अष्ट्रेलिया फुटबल फेडेरेसनले शुक्रबार नेपालसँगको घरेलु खेल राजधानी क्यानबेरामा खेलाउने निर्णय गरेको हो ।

छनोटको समूह ’बी’ मा रहेको नेपालले अष्ट्रेलियासँगको अवे खेल अक्टोबर १० मा खेल्नेछ । यस्तै नेपालले अष्ट्रेलियासँग २०२० को मार्च ३१ मा घरेलु मैदानमा खेल्नेछ ।

अष्ट्रेलियाले सन् २०१५ पछि पहिलो पटक क्यानबेरामा खेल्न लागेको हो । अष्ट्रेलियाले सन् २०१५ मा किर्गीस्तानविरुद्ध खेलेको थियो । जुन खेल अष्ट्रेलियाले ३–० ले जितेको थियो ।

अष्ट्रेलियाले नेपालसँगको खेलका लागि अगष्ट १३ बाट टिकट बिक्री सुरु हुने जनाएको छ । नेपालको समूहमा एसियाली पावर हाउस अष्ट्रेलियासँगै जोर्डन, कुवेत र चाईनिज ताइपे रहेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);