विद्युतीय धरापमा परी ४७ को मृत्यु, ६० बढी घाइते | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

विद्युतीय धरापमा परी ४७ को मृत्यु, ६० बढी घाइते

burkina faso

एजेन्सी, २२ कात्तिक । अफ्रिकी मुलुक बुर्किना फासोको तपोआ प्रान्तमा विद्युतीय धरापमा परी ४७ जनाको मृत्यु भएको छ । सुन खानीका मजदुरहरुलाई लिएर आइरहेको सुरक्षाकर्मीहरुको सवारी साधन विद्युतीय धरापमा परेर विस्फोेटहुँदा ६० जना बढी घाइते भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

मृत्यु हुनेमा सुरक्षाकर्मी र सुनखानीका मजदुर रहेका छन् । दुर्घटनामा परी घाइते भएकाहरुलाई उद्धार गरेर उपचार गराउनका लागि सरकारी सुरक्षाकर्मी तथा स्वयमसेवकहरु तत्कालै परिचालन गरिएको सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री रेमिस दान्डजीनौले बताए । घटना भएको क्षेत्रमा सुरक्षाकर्मीहरुले अनुसन्धान सुरु गरिसकेको र दोषीको खोजी पनि भइरहेको उनले जानकारी दिए । बुर्किना फासोमा आतंकवादी आक्रमणमा सन् २०१५ देखि अहिलेसम्म २ सय सुरक्षाकर्मीसंगै पाँच सयभन्दा बढीको मृत्यु भइसकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);