सल्यानमा यात्रुबाहक बस दुर्घटना हुँदा ४ जनाको मृत्यु २५ बढी घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सल्यानमा यात्रुबाहक बस दुर्घटना हुँदा ४ जनाको मृत्यु २५ बढी घाइते

सल्यान, ८ माघ । सल्यानको त्रिवेणी गाउँपालिका-६, भाटखोलामा यात्रुबाहक बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । २५ भन्दा बढी यात्रु घाइते भएका छन् ।

रुकुमबाट दाङ जान छुटेको कालिका-मालिका यातायात प्रालिको ना ५ ख ५३१ नम्बरको बस सल्यानको त्रिवेणी गाउँपालिका-६, भाटखोलाकाे सडकबाट डेढ सय मिटर तल खस्दा कम्तिमा ४ यात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा मुसिकोट नगरपालिका– ६ की पुष्पा खड्का केसी र सल्यान बागचौर नगरपालिका– ११ की छन्चरी विक रहेका छन् । अन्य दुईजना पुरुषको सनाखत हुन सकेको छैन । घाइतेहरुको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । मृतकहरुको संख्या अझै बढ्न सक्ने प्रहरीले जनाएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);