रुसद्वारा उत्तरपश्चिमी सिरियामा एकतर्फी रुपमा युद्धविरामको घोषणा | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

रुसद्वारा उत्तरपश्चिमी सिरियामा एकतर्फी रुपमा युद्धविरामको घोषणा

russia declares ceasefire

एजेन्सी, १४ भदौ । रुसले उत्तरपश्चिमी सिरियामा एकतर्फी रुपमा युद्धविरामको घोषणा गरेको छ । सिरियाका बिस्थापित नागरिकहरु सीमा क्षेत्रबाट टर्की प्रवेश गर्न लागेपछि रसियाले एकतर्फी रुपमा युद्धविरामको घोषणा गरेको बताइएको छ ।

संयुक्त राष्ट्रसंघले सिरियामा जारी युद्धका कारण लाखौं नागरिकमा जोखिम निम्तिन सक्ने भन्दै सचेत रहन आग्रहसमेत गरेको छ । यसअघि पनि सरकारी सेनाले कब्जा गरेको क्षेत्रबाट लाखौ सर्वसाधारण बिस्थापित भइसकेको बताइएको छ ।

राष्ट्रसंघका अनुसार अप्रिल महिनाको अन्त्यतिरबाट शुरु भएको आक्रमणमा ५० हजार भन्दा बढीको मृत्यु भइसकेको छ भने हजारौं बिस्थापित भइसकेका छन् ।

सिरियामा लामो समयदेखि चलिरहेको द्वन्द्व अन्त्य गर्नका लागि रुसले चार वर्षअघि नै अल असदलाई समर्थन गर्ने जनाएको थियो । सिरियाका लागि रुसी मेलमिलाप केन्द्रले लडाकूहरुलाई सशस्त्र आन्दोलन त्यागेर वार्तामा आउन आग्रहसमेत गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);