भारतमा बस र ट्रक ठोक्किँदा २० को मृत्यु, २१ जना घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

भारतमा बस र ट्रक ठोक्किँदा २० को मृत्यु, २१ जना घाइते

Kannauj accident

एजेन्सी, २६ पुस । भारतको उत्तर प्रदेशस्थित कन्नौजस्थित जीटी रोडमा बस र ट्रक आपसमा ठोक्किँदा २० जनाको मृत्यु हुनुका साथै अन्य २१ जना घाइते भएका छन् ।

शुक्रवार राति कन्नौजको गुरसैगंजबाट जयपुर जाँदै गरेको बस र विपरित दिशाबाट आएको ट्रक आपशमा ठोक्किदा उक्त दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएकाहरुको कन्नौजस्थित अस्पतालहरुमा उपचार भइरहेको र धेरैको अवश्था गम्भीर रहेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

यसैबीच उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाबारे जानकारी लिएका छन् । उनले घाइतेहरुलाई ५० हजार रुपैयाँ र मृतकका परिवारलाई २ लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा समेत गरेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);