ट्रम्पको शक्ति सीमित पार्ने प्रस्ताव अमेरिकी संसद्‌बाट स्वीकृत | ईमाउण्टेन समाचार

Our Network

साउन ४ २०८३, मंगलबार

ट्रम्पको शक्ति सीमित पार्ने प्रस्ताव अमेरिकी संसद्‌बाट स्वीकृत

trump war power resolution

एजेन्सी, २५ पुस । अमेरिकाको तल्लो सदन ’हाउस अफ रिप्रिजेन्टेटिभ्स’ले राष्ट्रपति डोनाल्ड ट्रम्पको इरानसँग युद्ध गर्ने अधिकारलाई सिमित गर्ने प्रस्ताव पारित गरेको छ ।

’हाउस अफ रिप्रिजेन्टेटिभ्स’ले राष्ट्रपति ट्रम्पको इरानसँग युद्ध गर्ने अधिकारलाई सिमित गर्ने प्रस्ताव १ सय ९४ को विरुद्ध २ सय २४ मतले पारित गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । तल्लो सदनले पास गरेपनि रिपब्लिकन्सको बहुमत रहेको माथिल्लो सदन सिनेटबाट भने यो तत्काल पास हुने सम्भावना नरहेको बताइएको छ ।

यसले अमेरिकी राष्ट्रपतिको भिटो अधिकारलाई पनि रोक्न सक्दैन । पारित भएको यो प्रस्ताव सांकेतिक मात्र हो र यसको उद्देश्य इरानसँग युद्ध गर्न अनिवार्यरुपमा कंग्रेसको मंजुरी लिनुपर्ने रहेको विश्लेषकहरुले टिप्पणी गरेका छन् ।

गत शुक्रबार इराकको राजधानी बग्दादमा अमेरिकी ड्रोन हमलामा आफ्ना सर्वोच्च सैन्य कमाण्डर कासिम सुलेमानी मारिएपछि इरानले त्यसको बदला स्वरुप बुधबार बग्दादस्थित दुई अमेरिकी आधार क्षेत्रमा एक दर्जन मिसाइल हमला गरेपछि दुबै देशबीच तनाव बढेको सन्दर्भमा यो प्रस्ताव पारित भएको हो ।