अमेरिकी संसद भवनमा भएको हिंसामा पूर्व राष्ट्रपति ट्रम्पको संलग्नता नरहेको दावी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

अमेरिकी संसद भवनमा भएको हिंसामा पूर्व राष्ट्रपति ट्रम्पको संलग्नता नरहेको दावी

एजेन्सी, १ फागुन । गत जनवरी ६ मा अमेरिकी संसद भवनमा भएको हिंसात्मक घटनामा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको संलग्नता नरहेको उहाँका कानुन व्यवसायीहरुले दावी गरेका छन् ।

संसद भवनमा भएको हिंसात्मक आक्रमणका लागि समर्थकहरुलाई उक्साएको अरोपमा ट्रम्पमाथि लागेको महाअभियोगको बचाउ गर्दै वकिलहरुले घटनामा ट्रम्पको कुनै संलग्नता नै नरहेको दावी गरेका हुन् । संसद भवनमा एक प्रहरी सहित पाँच जनाको मृत्यु भएको थियो ।

अमेरिकी संसदको माथिल्लो सदन सिनेटमा भइरहेको सुनुवाइका क्रममा उहाँका वकिलहरुले आक्रमणमा ट्रम्पको संलग्नता प्रमाणि नहुने दावी गरेको संचार माध्यमहरुले जनाएका छन् । ट्रम्पको बचाउ गर्ने टोलीले सिनेटमा सुनुवाईका लागि पाएको १६ घण्टाको समय मध्ये चार घण्टा भन्दा कम मात्रै प्रयोग गरे ।

संसद भवनमा हिंसात्मक बिद्रोहका लागि उक्साएको आरोपमा ट्रम्पमाथि दोस्रो पटक महाभियोग लागेको हो । तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभले गत जनवरी १३ मा ट्रम्पमाथिको महाअभियोग प्रस्ताव पारित गरेको थियो ।

यसअघि ट्रम्पमाथि सन् २०१९ को अन्त्यमा शक्तिको दुरुपयोगसहितका महाअभियोग लागेको थियो । तर माथिल्लो सदन सिनेटबाट सो प्रस्ताव पारित हुन सकेको थिएन । ट्रम्प अमेरिकी इतिहासमा दुईपटक महाभियोग लाग्ने पहिलो अमेरिकी राष्ट्रपति हुनुहुन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);