जनवरीमा हिंसा भड्काएको आरोपबाट ट्रम्प मुक्त | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

जनवरीमा हिंसा भड्काएको आरोपबाट ट्रम्प मुक्त


एजेन्सी, २ फागुन । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प ६ जनवरीमा हिंसा भड्काएको आरोपबाट मुक्त हुनुभएको छ । माथ्लो सदन टिनेटमा भएको मतदानमा ट्रम्पविरुद्ध लागेको आरोप प्रमाणित गर्न चाहिने दुई तिहाई त पुग्न नसकेपछि उहाँ ओरोप मुक्त हुनुभएको हो ।

शनिवार पाँचौ दिन ट्रम्पविरुद्ध दोस्रो पल्ट लगाइएको महाभियोग प्रस्तावबारे सुनुवाई पूरा गरेर मतदान गरिएको थियो । मतदानमा ५७ सिनेट सदस्यले ट्रम्पलाई दोषी करार गर्दा ४३ जनाले दोषी देखेनन् । ट्रम्पलाई दोषी ठहर गर्न सिनेटलाई दुई तिहाई अर्थात् ६७ मत आवश्यक थियो ।

राष्ट्रपतीय निर्वाचनमा धांधली भएको आरोप लगाउदै आएका ट्रम्पले आफ्ना समर्थकहरुलाई संसद भवनमा आक्रमण गर्न उक्साएको आरोप थियो । त्यो आक्रमणमा ६ जनाको मृत्यु भएको थियो ।

हिंसात्मक आक्रमणका लागि उक्साएको आरोपमा ट्रम्पमाथि दोस्रो पटक महाभियोग लागेको हो । ट्रम्प अमेरिकी इतिहासमा दुईपटक महाभियोग लाग्ने पहिलो अमेरिकी राष्ट्रपति हुनुहुन्छ । तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभले जनवरी १३ मा ट्रम्पमाथिको महाअभियोग प्रस्ताव पारित गरेको थियो ।

यसअघि ट्रम्पमाथि सन् २०१९ को अन्त्यमा शक्तिको दुरुपयोगसहितका आरोपमा महाअभियोग लागेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);