डोनाल्ड ट्रम्पविरुद्ध फेरी अर्को मुद्दा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

डोनाल्ड ट्रम्पविरुद्ध फेरी अर्को मुद्दा

वासिङ्टन,१२ साउन । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको समस्या कम हुने देखिएको छैन । बिहीबार ट्रम्पविरुद्ध अर्को आरोप लगाइएको छ । गोप्य कागजातहरूको अनुसन्धानमा बाधा पु¥याउन फ्लोरिडास्थित उनको मार–ए–लागो सम्पत्तिमा निगरानीका लागि जडान गरिएका सीसीटीभी क्यामेराको फुटेज मेटाइएको आरोप लगाइएको छ।

संघीय अभियोजकले ट्रम्पविरुद्ध दायर गरेको अर्को मुद्दा अदालतमा दायर भएको छ । ट्रम्पका एक प्रतिनिधिले डिसेम्बर २०२१ मा नेशनल अर्काइभ्सलाई उनको निवास मार–ए–लागोमा राष्ट्रपतिसँग सम्बन्धित धेरै रेकर्डहरू भेटिएको बताए।

प्रेसिडेन्सियल रेकर्ड एक्ट अनुसार ह्वाइट हाउसका कागजातहरू अमेरिकी सरकारको सम्पत्ति मानिन्छ र त्यहाँ सुरक्षित राख्नुपर्छ। जनवरी २०२२ मा, नेशनल आर्काइभले ट्रम्पको फ्लोरिडाको घरबाट गोप्य कागजातका १५ बाकस फेला पारेको थियो।

अगस्ट २०२२ मा, मार–ए–लागोमा, अमेरिकी अनुसन्धान एजेन्सीले १०० वर्गीकृत कागजातहरू सहित कुल ११,००० कागजातहरू भएका ३३ भन्दा बढी बाकस र कन्टेनरहरू जफत गरे।

पूर्व राष्ट्रपति ट्रम्पलाई आफ्नो प्रशासनको समयमा अनुमति बिना गोप्य कागजातहरू कब्जा गरेको सातवटा आरोप लगाइएको छ। ट्रम्प विरुद्धको आरोपमा राष्ट्रिय प्रतिरक्षा जानकारीको अनाधिकृत कब्जा, न्यायमा बाधा पु¥याउने, झुटो बयान र षडयन्त्र समावेश छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);