राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोगका दुईवटा आरोप अनुमोदन | ईमाउण्टेन समाचार

Our Network

जेठ ५ २०८१, शनिबार

राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोगका दुईवटा आरोप अनुमोदन

Donald Trump

एजेन्सी, २८ मंसिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध दुई वटा आरोपमा महाअभियोग लाग्ने भएको छ । अमेरिकी संसदको महाअभियोग छानविन समितिले राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोगका दुईवटा आरोपलाई अनुमोदन गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

संसदको छानबिन समितिले अनुमोदन गरेसँगै उक्त प्रस्तावलाई पूर्ण मतदानका लागि सदनमा पेश गर्ने बाटो खुलेको हो । उक्त प्रस्ताव संसदको तल्लो सदनमा अर्को हप्ता मतदान हुने संभावना रहेको संचार माध्यमहरुले जनाएका छन् ।

राष्ट्रपति ट्रम्पले शक्तिको दुरुपयोग गरेर युक्रेनमाथि आफ्ना राजनीतिक प्रतिद्वन्द्वी जो विडेनविरुद्ध छानविन गर्न दवाव दिएको र संसदलाई अबरोध पु¥याएको आरोप लगाइएको छ ।

अमेरिकामा विदेशीको सहयोगमा चुनावी प्रतिष्पर्धा गर्नु गैरकानुनी मानिन्छ । महाअभियोगको सामना गर्ने ट्रम्प चौथो अमेरिकी राष्ट्रपति हुनेछन् । यसअघि अमेरिकी राष्ट्रपति विल क्लिन्टन, रिचार्ड निक्सन र एन्ड्रयु जोन्सनले महाअभियोगको सामना गर्नु परेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);