ट्रम्पविरुद्धको महाअभियोग सम्बन्धमा पहिलो सार्वजनिक सुनुवाइ हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

ट्रम्पविरुद्धको महाअभियोग सम्बन्धमा पहिलो सार्वजनिक सुनुवाइ हुने

donald trump

एजेन्सी, २१ कात्तिक । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्धको महाअभियोगका सम्बन्धमा आगामी हप्ता पहिलो सार्वजनिक सुनुवाइ हुने भएको छ । अमेरिकी कांग्रेसको डेमोक्र्याट्स सांसदहरुले राष्ट्रपति ट्रम्पमाथि महाअभियोग लगाउने सम्बन्धमा भइरहेको अनुसन्धानका विषयमा आगामी हप्ता पहिलो सार्वजनिक सुनुवाइको घोषणा गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

सार्वजनिक सुनुवाईमा राज्य विभागका ३ जना अधिकारीहरु पहिलो साक्षीका रुपमा उपस्थित हुने छन् । ट्रम्पमाथि महाअभियोग लगाउने सम्बन्धमा भइरहेको अनुसन्धान समितिकाका सदस्यहरुले ती ३ जनाको बयान सुनिसकेका छन् ।

महाअभियोग छानविन केन्द्रले राष्ट्रपति ट्रम्पमाथि युक्रेनलाई आफ्ना राजनीतिक प्रतिस्पर्धी जो बाइडेनविरुद्ध छानविन गर्न दबाव दिएको आरोप लगाएको छ । राष्ट्रपति ट्रम्पले आरापको खण्डन गर्दै शक्तिको दुरुपयोग नगरेको दावी गरिरहेका छन् । अमेरिकी कंग्रेसले गठन गरेको छानविन समितिका सभापति एडम शिफले ट्रम्प विरुद्ध महाअभियोगको प्रस्तावका पक्षमा बलिया प्रमाणहरु भेटीएको दाबी गरेका छन् ।

क्यापिटल हिलमा गरिने सार्वजनिक सुनुवाइको प्रत्यक्ष प्रशारण हुने छ । जहाँ डेमोक्र्याट्स र रिपब्लिकन सांसदहरुले साक्षी हरुलाई प्रश्न गर्ने छन् । सार्वजनिक सुनुवाईमा युक्रेनका लागि अमेरिकी बहालवाला राजदूत, पूर्व राजदूत र विदेशमन्त्रालयमा कार्यरत एक अधिकारीलाई पनि बोलाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);