राष्ट्रपति ट्रम्पमाथि लाग्यो दोस्रो पटक महाअभियोग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

राष्ट्रपति ट्रम्पमाथि लाग्यो दोस्रो पटक महाअभियोग

donald trump

एजेन्सी, १ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि दोस्रो पटक महाअभियोग लागेको छ । गएको हप्ता राजधानी वासिङ्टन डिसीमा रहेको संसद भवनमा भएको हिंसाका लागि आफ्ना समर्थकलाई उक्साएर बिद्रोह निम्त्याएको अभियोगमा ट्रम्पमाथि महाअभियोग लागेको हो ।

महाअभियोग लगाउने विषयमा भएको मतदानमा उहाँको पार्टी रिपब्लिकनका १० सांसदले समेत पक्षमा मतदान गरेका छन् । मतदानपछि महाअभियोग प्रस्ताव पारित भएको घोषणा गर्दै सभामुख न्यान्सी पेलोसीले कोही पनि संविधान भन्दा माथि नरहेको बताउनुभएको छ ।

उहाँले उपराष्ट्रपति माइक पेन्सलाई संविधानको २५ औँ संशोधनमा रहेको व्यवस्थालाई सक्रिय पारी ट्रम्पलाई सत्ताबाट हटाउनसमेत आग्रह गर्नुभएको थियो । महाअभियोग लगाउने प्रस्तावमाथि यसअघि नै तल्लो सदनले पारित गरिसकेको थियो ।

अमेरिकी इतिहासमा ट्रम्प महाअभियोग दुई पटक लाग्ने पहिलो राष्ट्रपति हुनुहुन्छ । ट्रम्पमाथि सन् २०१९ को अन्तिममा शक्तिको दुरुपयोग तथा विदेशी शक्तिलाई आन्तरिक राजनीतिमा दखलका लागि प्रयोग गरेको आरोपमा महाअभियोग लागेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);