आफूविरुद्ध महाअभियोग नलाग्ने ट्रम्पको दावी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

आफूविरुद्ध महाअभियोग नलाग्ने ट्रम्पको दावी

trump

एजेन्सी, ७ मंसिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूविरुद्ध महाअभियोग नलाग्ने दावी गरेका छन् । अमेरिकी संसदमा राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोग लगाउने वा नलगाउने भन्ने बारेमा भइरहेको छानबिन अन्तर्गत सार्वजनिक सुनुवाई सकिएलगत्तै ट्रम्पले उक्त दावी गरेको संचार माध्यमहरुले जनाएका छन् ।

एक टेलिभिजन अन्तर्वार्ताका क्रममा राष्ट्रपति ट्रम्पले आफूमाथि लगाइएका आरोप गलत भएको पनि दोहोर्याएका छन् । उनले युक्रेनलाई आफ्ना राजनीतिक प्रतिद्वन्दीमाथि छानविन गर्न दवाव दिइएको भन्ने आरोप गलत भएको दोहोर्याए ।

जो वाइडेनविरुद्ध छानविनका लागि राष्ट्रपति टम्पले युक्रेनमाथि दवाव दिएको भन्दै संसदको तल्लो सदनले महाअभियागका लागि प्रमाण जुटाउनेक्रममा श्रृंखलाबद्ध सार्वजनिक सुनुवाइ गरिसकेको छ । ट्रम्पमाथिको छानविनका क्रममा लागि संसदीय समितिले विभिन्न व्यक्तिहरुसँग छलफल गरिरहेको छ ।

राष्ट्रपति ट्रम्पमाथि युक्रेनका राष्ट्रपति भ्लोदामिर जेलेन्स्कीसँग पटक पटक टेलिफोन संवाद भएको आरोप लागेको छ । जसमा आफ्ना प्रतिद्वन्दी तथा पूर्व अमेरिकी उपराष्ट्रपति जो बिडेन र उहाँका छोरा हन्टरमाथि अनुसन्धान गर्न युक्रनलाई दवाव दिएको बताइएको छ ।

युक्रेनका रहेको एक ग्यास कम्पनी जो बिडेनका छोरा सञ्चालक छन् । बिडेन आगामी राष्ट्रपतीय निर्वाचनमा उम्मेद्वार बन्ने निश्चित प्राय छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);