महाअभियोग सुनवाईमा सहभागि हुन ट्रम्पलाई संसदको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

महाअभियोग सुनवाईमा सहभागि हुन ट्रम्पलाई संसदको आग्रह

trump invited impeachment

एजेन्सी, ११ मंसिर । अमेरिकी संसदको तल्लो सदनले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आगामी डिसेम्बरमा महाअभियोग सुनुवाइमा सहभागी हुन बोलाएको छ । संसदको न्यायिक कमिटीले राष्ट्रपति ट्रम्पलाई सुनुवाइमा सहभागी हुन डिसेम्बर ४ तारिखमा बोलाइएको संचार माध्यमहरुले जनाएका छन् ।

राष्ट्रपति ट्रम्पले सुनुवाइमा उपस्थित भएर आफ्ना कुरा राख्न सक्ने न्यायिक कमिटीका अध्यक्ष जेरोल्ड नेडरलले बताए । ट्रम्प उपस्थित नभए महाअभियोग प्रक्रिया अघि बढाउन अनुसन्धानको अर्को चरणको सुरुवात हुने बताइएको छ । राष्ट्रपति ट्रम्पमाथि आफ्ना राजनीतिक प्रतिद्वन्द्वी जो बाइडेनविरुद्ध छानविनका लागि युक्रेनका राष्ट्रपतिलाई दवाव दिएको आरोप लागेको छ ।

ट्रम्पले आफ्नो आग्रह नमाने युक्रेनलाई दिँदै आएको अमेरिकी सैन्य सहायता कटौती गर्ने चेतावनी दिएको समेत आशंका गरिएको छ । बाइडेन अमेरिकामा आगामी वर्ष हुने राष्ट्रपति निर्वाचनका सम्भावित उम्मेद्वार मानिन्छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);