ट्रम्पद्वारा आफुविरुद्ध महाअभियोगमा साक्षी बनेका दुईजना बर्खास्त | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

ट्रम्पद्वारा आफुविरुद्ध महाअभियोगमा साक्षी बनेका दुईजना बर्खास्त

trump

एजेन्सी, २५ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफुविरुद्धको महाअभियोगको सुनुवाइमा साक्षीको रुपमा प्रस्तुत भएका दुई उच्च अधिकारीलाई बर्खास्त गरेका छन् ।

ट्रम्पले युरोपियन युनियनका लागि अमेरिकी राजदूत गोर्डन सण्डल्याण्ड र युक्रेनका सम्बन्धका विज्ञ लेफ्टिनेन्ट कर्णेल एलेक्जेण्डर भिण्डम्यानलाई बर्खास्त गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

भिण्डम्यानलाई बर्खास्त गरेको केही घण्टापछि नै ट्रम्पले अमेरिकी राजदूत सण्डल्याण्डलाई फिर्ता बोलाएका हुन । उनीहरु दुवै महाअभियोगको सुनुवाइका क्रममा उपस्थित भएका थिए ।

आफ्ना प्रतिस्पर्धीविरुद्ध युक्रेनी समकक्षीलाई दबाव दिएको अभियोगमा ट्रम्पविरुद्ध महाभियोग दर्ता भएको थियो । गत बुधबार अमेरिकाको माथिल्लो सदन सिनेटमा भएको मतदानमा राष्ट्रपति ट्रम्पलाई महाअभियोगमा सफाइ दिएको थियो।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);