राष्ट्रपति ट्रम्पबिरुद्ध महाअभियोग प्रक्रिया अघि बढाउने डेमोक्र्याटस सांसदको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

राष्ट्रपति ट्रम्पबिरुद्ध महाअभियोग प्रक्रिया अघि बढाउने डेमोक्र्याटस सांसदको चेतावनी

donald trump

एजेन्सी, २७ पुष । अमेरिकी डेमोक्र्याट्स सांसदहरुले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग प्रक्रिया अघि बढाउने चेतावनी दिएका छन । गत साता राष्ट्रपति ट्रम्पका समर्थकले अमेरिकी संसद भवनमा प्रवेश गरेर हिंसात्मक गतिविधि गरेको भन्दै अमेरिकी संसदका दुवै सदनले महाअभियोग लगाउने तयारी गरेका अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन ।

राष्ट्रपति ट्रम्पले राजीनामा नदिए वा उपराष्ट्रपतिले संविधानको २५ औं संशोधन गरेर बर्खास्त नगरे महाअभियोग लगाउने तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले चेतावनी दिनुभएको हो ।नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले आफ्नो एक सय दिनको समयावधिमा कोरोना भाइरसविरुद्धका मुख्य नीतिहरु अवलम्बन गर्ने बताइएको छ ।नयाँ मन्त्रीमण्डल गठन भएलगत्तै राष्ट्रपति बाइडेनले आफ्ना महत्वाकांक्षी योजनाहरु अघि सार्ने बताइएको छ ।

अमेरिकामा राष्ट्रपतिको निर्वाचनको अन्तिम परिणाम आएपछि नयाँ राष्ट्रपतिले कार्यकाल सम्हाल्नुअघि बहालवाला राष्ट्रपतिले दैनिक प्रशासनिक काम मात्र सञ्चालन गर्न पाउने कानुनी मन्यता छ ।

तर राष्ट्रपति ट्रम्पले पछिल्ला दिन गरेका केही निर्णयहरु विवादास्पद र दूरगामी असर पर्ने खालका रहेको भन्दै डेमोक्र्याटहरुले महाअभियोग लगाउने चेतावनी दिएका हुन् । विशेषगरी चुनावी परीणामलाई लिएर राष्ट्रपति ट्रम्पले असन्तुष्टि जनाएपछि उहाँको सर्वत्र विरोध भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);