अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग प्रक्रियामा मतदान हुने | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग प्रक्रियामा मतदान हुने

Donald Trump

एजेन्सी, २ पुस ।  अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोग लगाउने प्रक्रियामा मतदान हुने, संसदको तल्लो सदनले मतदानको प्रकृया अगाडि बढायो ।

महाअभियोग लगाउने वा नलगाउने भन्ने बारेमा अनुसन्धान गरीरहेको संसदको तल्लो सदनमा उक्त मतदान हुने भएको हो । राष्ट्रपति ट्रम्पले पदीय दुरुपयोग गरेर युक्रेनसँग व्यवहार गरेको भन्दै संसदको तल्लो सदनले लामो समय छानविन गरेर महाअभियोगको प्रक्रिया अघि बढाएको बताएको छ ।

महाअभियोग प्रक्रियाले संयुक्त राज्य अमेरिकामा सन् २०२० को राष्ट्रपति निर्वाचन प्रक्रियाका लागि अघि बढेको राजनीतिक विभाजनको प्रक्रिया थप जटिल बन्दै गएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । राष्ट्रपति ट्रम्पले महाअभियोग प्रक्रियाका लागि मतदान तय भएपछि सभामुख न्यान्सी पलोसीलाई पत्र लेख्दै महाअभियोग प्रक्रियाले अमेरिकी प्रजातन्त्रमा खुला युद्ध सुरु भएको चेतावनी दिएका छन् ।

उनले आफू निर्दोष रहेकाले डेमोक्र्याट्स्हरुले राजनीतिक प्रतिसोधका लागि महाअभियोग प्रक्रिया अघि बढाएको आरोप समेत लगाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);