डिजेल र मट्टितेलको मूल्य बढ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

डिजेल र मट्टितेलको मूल्य बढ्यो

petrol

काठमाडौं, २ पुस । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ । मंगलबार राति १२ बजेदेखि लागू हुने गरी डिजेल र मट्टीतेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँले मूल्य बढाएको हो ।

निगमले अन्तरराष्ट्रिय बजार मूल्य बढेकाले नेपालमा पनि पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि २०७१ अनुसार मूल्य बढाइएको बताएको छ ।

निगमले डिजेल र मट्टीतेलको खुद्रा मूल्य वृद्धि गरे पनि पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत् नै राखेको छ । निगमले यसअघि गएको मंसिर १६ गते पनि पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);