आजदेखि बढ्यो पेट्रोल, डिजेल, ग्याँस र मट्टितेलको मुल्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

आजदेखि बढ्यो पेट्रोल, डिजेल, ग्याँस र मट्टितेलको मुल्य

काठमाडौं,१८ माघ । नेपाल आयल निगममले पेट्रोल, डिजेल, ग्याँस र मट्टितेलको मूल्य बढाएको छ । आज बिहान १ बजेदेखि लागू भैसकेको पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ तथा डिजेल र मट्टितेलको साविक खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढाइएको निगमले जनाएको छ । एलपी ग्यासको खुद्रा बिक्री मूल्यमाप्रति सिलिण्डर १५ रुपैयाँ बढेको छ ।

इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोल र डिजेलको मूल्यमा प्रतिलिटर ४ रुपैंया ५३ पैसा र २ रुपैया ३२ पैसा ँ तथा एलपी ग्यासको मूल्यमा प्रतिसिलिण्डर १५ रुपेंया ७८ पैसा बढेर आएकाले निगम सञ्चालक समितिको निर्णय अनुसार मूल्य बढाइएको निगमले जनाएको छ ।

जस अनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेटोल १६७ रुपैयाँ ५० पैसा र डिजेल १५५ रुपैयाँ ५० पैसा, सुर्खेत र दाङमा पेट्रोल १६९ र डिजेल १५७ रुपैयाँ तथा काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोल १७० रुपैयाँ र डिजेल १५८ रुपैयाँ पर्ने छ। ग्यासको मूल्य भने एक हजार ९१० रुपैयाँ तोकिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);