ग्यासको मूल्य २५ रुपैयाँले बढ्यो, पेट्रोल, डिजेल तथा मट्टीतेलको मुल्य घट्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

ग्यासको मूल्य २५ रुपैयाँले बढ्यो, पेट्रोल, डिजेल तथा मट्टीतेलको मुल्य घट्यो

nepal-oil-nigam-

काठमाडौं, २० माघ । नेपाल आयल निगमले एलपी ग्यासको मूल्य वृद्धि गरेको छ भने इन्धनको मुल्य घटाएको छ । अन्तर्राष्ट्रिय बजारमा एलपी ग्यासको मूल्य बढेको भन्दै निगमले आज राति १२ बजेदेखि लागू हुने गरी प्रतिसिलिन्डर २५ रुपैयाँले वृद्धि गरेको हो । यससँगै ग्यासको मूल्य प्रतिसिलिन्डर एक हजार ३७५ पुगेको छ ।

यसैगरी निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको मूल्यमा प्रतिलिटर १ घटाएको छ । समायोजनसँगै पेट्रोलको मूल्य प्रतिलिटर ११० तथा डिजेल र मट्टितेलको मूल्य प्रतितलिटर ९९ कायम गरिएको निगमले जनाएको छ । निगमले हवाई इन्धनको मूल्य भने यथावत नै राखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);