ग्याँसको मूल्य बढ्यो, पेट्रोल र डिजेलको घट्यो | ईमाउण्टेन समाचार

Our Network

जेठ ५ २०८१, शनिबार

ग्याँसको मूल्य बढ्यो, पेट्रोल र डिजेलको घट्यो

nepal-oil-nigam-

काठमाडौं, २१ माघ । नेपाल आयल निगमले खाना पकाउने ग्याँसको मूल्य बढाएको छ । निगमले भारतबाट पछिल्लो समय खाना पकाउने ग्याँसको मूल्य बढेर आएकाले प्रति सिलिन्डर २५ रुपैयाँ बढाइएको हो ।

यो सँगै ग्यासको मूल्य अब प्रति सिलिण्डर १३७५ रुपैयाँ भएको छ । निगमले पेट्रोल र डिजेलको मूल्य भने घटाएको छ । भारतबाट पछिल्लो समय डिजेल र पेट्रोलको मूल्य घटेर आएकाले प्रति लिटर १ रुपैयाँ घटाइएको निगमले जानकारी दिएको छ ।

यो सँगै डिजेलको मूल्य प्रतिलिटर ९९ र पेट्रोलको प्रतिलिटर ११० रुपैयाँ भएको छ । यो मूल्य आज सोमबार राति १२ बजेदेखि लागू भइसकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);