डिजेल, पेट्रोल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ घट्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

डिजेल, पेट्रोल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ घट्यो

Oil Nigam

काठमाडौं, ५ फागुन । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ मूल्य घटाएको छ । सोमबार राति १२ बजेबाट लागू हुने गरी निगमले डिजेल पेट्रोल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको हो ।

खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने याथावत रहेको नेपाल आयल निगमले जनाएको छ । अब नयाँ मूल्य अनुसार पेट्रोलको प्रतिलिटर १ सय ८ रुपैयाँ, डिजेल र मट्टीतेलको प्रतिलिटर ९७ रुपैयाँ कायम भएको छ ।

नियमित मूल्य समायोजन प्रक्रियाअन्तर्गत नै इन्धनको मूल्य घटाइएको निगमले जनाएको छ । नेपाल आयल निगमले यसअघि माघ २० गते मूल्य समायोजन गरेर पेट्रोल र डिजेलमा एक रुपैयाँ प्रतिलिटर मूल्य घटाएको थियो भने हवाई इन्धनको मूल्य यथावत राख्दै खाना पकाउने एलपी ग्याँसको मूल्यमा प्रतिसिलिन्डर २५ रुपैयाँ बढाएको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);