सुनको मूल्य अहिलेसम्मकै उच्च, तोलाको कति ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सुनको मूल्य अहिलेसम्मकै उच्च, तोलाको कति ?

gold and silver

काठमाडौं, ६ फागुन । नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ७६ हजार ७ सय रुपैयामा कारोबार भएको छ ।

गत पुस २३ गते प्रतितोला ७६ हजार ५ सय रुपैयाँमा पुगेर सुनको मूल्यले त्यसअघिका रेकर्ड तोडेको थियो । यसअघिका रेकर्डलाई तोड्दै मंगलवार सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको हो ।

सोमबार पनि सुनको मूल्य ७६ हजार ५ सयमा कारोबार भएको थियो।अहिले अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेको जनाइएको छ । विश्व बजारमा सुनको मूल्य बढ्नुमा शक्तिशाली राष्ट्रबीचको तनावको प्रभावलाई लिइएको छ ।

पछिल्लो समय अमेरिका, इरान, भारत र उत्तरकोरियाबीचको सम्बन्धले विश्व आर्थिक बजार प्रभावित भएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १५ सय ८८ अमेरिकी डलर पुगेको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमले सुनको मूल्य अझै बढ्ने बताइरहेका छन्।

नेपाली सुनचाँदी व्यवासायी महासंघले पनि सुनको मूल्य अझै बढ्नसक्ने अनुमान गरिरहेको छ। महासंघका अनुसार मंगवारवार चाँदी प्रतितोला ८ सय ९० रुपैयाँमा कारोवार भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);