नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च

today gold rate in enepal

काठमाडौं, ७ फागुन । नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाला सुनको मूल्यले ७७ हजार १ सयमा पुगेर ऐतिहासिक रेकर्ड बनाएको छ ।

मंगलबार प्रतितोला ७६ हजार ७ सय पुगेर नयाँ रेर्कड बनाएको सुनको मूल्यले बुधबार ४ सयले बढेर फेरि अर्को रेकर्ड बनाएको हो। त्यसैगरी, तेजाबी सुनको मूल्य ७६ हजार ८ सयमा कारोबार भएको महासंघले जनाएको छ ।

यस्तै चाँदीको मूल्य प्रतितोला ९ सय ५ रुपैयाँ पुगेको छ। अहिले अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेको छ।विश्व बजारमा सुनको मूल्य बढ्नुमा शक्तिशाली राष्ट्रबीचको तनावको प्रभावलाई लिइएको छ।

पछिल्लो समय अमेरिका, इरान, भारत र उत्तरकोरियाबीचको सम्बन्धले विश्व आर्थिक बजार तातेको छ। बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १६ सय ३ अमेरिकी डलरमा कारोबार भएको छ ।अन्तर्रासिट्रय संचारमाध्यमहरुले सुनको मूल्य अझै बढ्ने जनाएका छन ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);