सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको कति ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको कति ?

gold and silver

काठमाडौं, ८ फागुन । नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिवार छापावाला सुनको मूल्यले ७७ हजार ६ सयमा पुगेर ऐतिहासिक रेकर्ड बनाएको छ ।

बुधवार प्रतितोला ७७ हजार १ सय पुगेर नयाँ रेकर्ड बनाएको सुनको मूल्यले बिहिवार ५ सयले बढेर फेरि अर्को रेकर्ड बनाएको हो । त्यसैगरी, तेजाबी सुनको मूल्य ७७ हजार ३ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यस्तै चाँदीको मूल्य प्रतितोला ९ सय १५ रुपैयाँ पुगेको छ। अहिले अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेको छ।विश्व बजारमा सुनको मूल्य बढ्नुमा शक्तिशाली राष्ट्रबीचको तनावको प्रभावलाई लिइएको छ।

पछिल्लो समय अमेरिका, इरान, भारत र उत्तरकोरियाबीचको सम्बन्धले विश्व आर्थिक बजार तातेको छ। बिहिवार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १६ सय ९ अमेरिकी डलरमा कारोबार भएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले सुनको मूल्य अझै बढ्ने जनाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);