बजेट खर्च बढी देखाउन अर्थमन्त्रालयले रकमान्तर गर्‍यो : योजना आयोग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बजेट खर्च बढी देखाउन अर्थमन्त्रालयले रकमान्तर गर्‍यो : योजना आयोग

artha samiti

काठमाडौं, ७ फागुन । राष्ट्रिय योजना आयोगले बजेट खर्च बढी देखाउन अर्थमन्त्रालयले रकमान्तर गर्ने गरेको बताएको छ । बुधवार संसदको अर्थ समितिको बैठकमा पूँजीगत खर्च, आयोजना बैंक र बजेट समर्पण सम्बन्धी विषयको छलफलमा आयोगले अर्थमन्त्रालयले रकमान्तर गर्ने गरेको जनाएको हो ।

संसदको अर्थ समितिको बुधबारको बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर पुष्पराज कँडेलले बजेट खर्च बढी भएको देखाउन अर्थमन्त्रालयले रकमान्तर गरी एकातिरको बजेट अर्कोतिर खर्च गर्ने गरेको बताउनुभएको हो । उपाध्यक्ष कंडेलले योजना बनाउने काममा पनि मन्त्री र सचिवलाई थाहै नदिई तल्लो तहबाट नै योजना छनौट गरी आयोगमा पठाउने गरेको खुलासा समेत गर्नुभयो ।

बैठकमा समिति सदस्य डाक्टर बाबुराम भट्टराईले योजना आयोगको नीति निर्माणको विषयमा प्रष्ट भूमिका नभएको बताउनुभयो । उहाँले आफुखुसि योजना हाल्ने परिपाटीको अन्त्य गर्न पनि योजना आयोगको भूमिका प्रष्ट हुनुपर्ने उल्लेख गर्नुभयो ।

त्यसैगरी समितिका अर्का सदस्य सुरेन्द्रप्रसाद पाण्डेल विकसित मुलुकहरुले वातावरणको कुरा उठाएर सयौं वर्ष सम्म देशको विकास नहुने अवस्था सिर्जना गराईदिएको बताउनुभयो । जसले आयोजनाहरु कार्यान्वयनमा नजाने र कार्यान्वयनमा गएका पनि विभिन्न विवादका कारण काम नहुने र बजेट खर्च नहुने अवस्थामा रहेको पाण्डेले उल्लेख गर्नुभयो ।

समितिकी सदस्य रामकुमारी झाक्रीले सांसद, मन्त्री, कर्मचारी सबैलाई आर्थिक अनुसाशन भित्र बाँधेर आयोजनाहरुको प्राथमिकता अनुसार पूँजीगत खर्च नहुने अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।

बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष कँडेलले देशको अर्थतन्त्र तथा विकास निर्माणका कामको पछिल्लो अवस्थाका विषयमा जानकारी गराउनुभएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);